गृहपृष्ठ रसुवाबाट नेपाल-चीन राजमार्ग सञ्चालनमा
रसुवाबाट नेपाल-चीन राजमार्ग सञ्चालनमा
रसुवाको धुञ्चे-स्याफ्रुबीच खोपाङ भिरको राजमार्ग सञ्चालनमा आएको छ । पहिरोका कारण राजमार्गमा आएका ठूलाठूला ढुंगा पन्छाएपछि नेपाल–चीनबीचको अन्तर्राष्ट्रिय राजमार्ग सञ्चालनमा आएको छ ।
डिभिजन सडक कार्यालयका इञ्जिनियर सरोज कडरियाका अनुसार भारी वर्षाका कारण पहिरो गइ सडक अवरुद्ध बनेको थियो । पहिरो पन्छाउन डिभिजन सडक कार्यालयका दुई वटा लोडर तथा डोजरले मात्र ठूला ढुङ्गा फ्याँक्ने क्षमता नपुगेका कारण लामो समयदेखि सडक अवरुद्ध हुँदै आएको थियो ।
प्रकाशित समय : ००:१९ बजे



















