गृहपृष्ठ म्यानचेस्टर सिटीको कठिन जित
म्यानचेस्टर सिटीको कठिन जित
इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीले जित हात पारेको छ । साविक विजेता सिटीले न्युकासल युनाइटेडलाई २–१ गोलले परािजत गर्दै कठिन जित हात पारेको हो ।
सिटीका लागि रहिम स्ट्रलिङ र केली वाल्करले गोल गरेका थिए । न्युकासलका लागि डीआन्द्रे एडलिनले गोल गरेका हुन् । पहिलो हाप एक एकको बराबरीमा रोकिएको थियो । जितसँगै सिटी लिगको तेस्रो स्थानमा छ ।
प्रकाशित समय : १४:४४ बजे



















