गृहपृष्ठ जनता बैंकद्वारा दार्चुलाको जनविकास माविलाई कम्प्युटर प्रदान
जनता बैंकद्वारा दार्चुलाको जनविकास माविलाई कम्प्युटर प्रदान
जनता बैंक नेपालले दार्चुलाको दुहुँ गाउँपालिकामा रहेको जनविकास माविलाई कम्प्युटर प्रदान गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त विद्यालयलाई चार थान कम्प्युटर प्रदान गरेको हो ।
बैंकका दार्चुला शाखा प्रमुख प्रकाशदत्त भट्टले एक कार्यक्रमबीच विद्यालयका प्रधानाध्यापक गीता कुँवरलाई कम्प्युटर हस्तान्तरण गरेका छन् । दार्चुलाको विकट क्षेत्रमा रहेको उक्त विद्यालय सदरमुकाम खलंगाबाट चार घण्टाको पैदल दूरीमा छ ।
कम्प्युटर हस्तान्तरण कार्यक्रममा विद्यालयका प्रधानाध्यापक गीता कुँवरले जनता बैंकको सहयोग विकट क्षेत्रमा रहेको विद्यालयका लागि फलदायी हुने बताइन् । बैंकले हाल देशभर १२२ शाखा, ४० शाखारहित बैंकिङ, २ सीमित बैंकिङ एकाइ र २ एक्स्टेन्सन काउन्टरबाट वित्तीय सेवा प्रदान गरिरहेको छ ।
प्रकाशित समय : ००:१२ बजे



















