global ime bank Long Banner Ad

गृहपृष्ठ मेयर नै सडकमा, आम हड्तालको घोषणा

मेयर नै सडकमा, आम हड्तालको घोषणा

मेयर नै सडकमा, आम हड्तालको घोषणा

प्रदेश नं. ७ को राजधानी र नाममा असहमति जनाउँदै धनगढी नगरपालिकाका प्रमुखसहित स्थानीयबासीले आम हड्तालको घोषणा गरेका छन् । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रमुख सचेतक तारालामा तामाङको संयोजकत्वमा गठन भएको प्रदेशको नामांकन र स्थायी राजधानी निर्धारण गर्न गठित विशेष समितिले तयार पारेको प्रतिवेदन मंगलबार प्रदेशसभामा पेश गरिएको थियो । उक्त समितिले प्रदेश ७ को राजधानी कैलालीको ‘गोदावरी’ र नाम ‘सुदूरपश्चिम’ राख्न सुझाव दिएको थियो । प्रस्तावित राजधानी र नामप्रति असहमति जनाउँदै धनगढीबासी आन्दोलित बनेका हुन् । उनीहरुले बिहीबार आमहड्तालको आह्वान गरेका छन् । राजधानी र नामप्रति असहमति जनाउँदै भएको सडक आन्दोलनमा धनगढीका नगरप्रमुख नृपबहादुर वड पनि सामेल भएका छन् । उनी नेपाली कांग्रेसबाट विजयी भएका थिए ।

धनगढीमा रहेका संरचनमा करोडौँ लगानी गरिएकाले राजधानी अन्य स्थानका सार्न खोज्नु गलत भएको उनीहरुको तर्क छ । बुधबार एक विज्ञप्ति निकालेर उनीहरुले राजधानी सार्ने प्रयास नगर्न चेतावनी पनि दिएका छन् ।

बुधबार नै प्रदेश ७ को राजधानी र नाममा असहमति जनाउँदै धनगढीस्थित प्रदेश संसदको कार्यालय बाहिर धनगढीबासीले प्रदर्शन गरेका थिए । नागरिक समाजको अगुवाइमा प्रदेश संसदको भवन रहेको स्थान बाहिरको सडकमा सर्वसाधरणले टायर बालेर प्रदर्शन गरेका हुन् ।

उनीहरुले संसदीय समितिको सिफारिस मान्न नसकिने जनाउँदै प्रदर्शन गरेपछि धनगढी तनावग्रस्त बनेको छ । प्रदेश सातको नाम सुदूरपश्चिम राख्ने सिफारिस गरेर संसदीय समितिले पञ्चायतकालिन संरचनालाई नै निरन्तरता दिन खोजेको धनगढीबासीको भनाइ छ ।

प्रकाशित समय : २३:५२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु