global ime bank Long Banner Ad

गृहपृष्ठ राजधानी सार्न खोजिएको भन्दै आम हड्तालको घोषणा

राजधानी सार्न खोजिएको भन्दै आम हड्तालको घोषणा

राजधानी सार्न खोजिएको भन्दै आम हड्तालको घोषणा

प्रदेश नं. ७ को राजधानी सार्न लागिएको भन्दै धनगढी नगरपालिकाका स्थानीयले बिहीबार आम हड्तालको घोषणा गरेका छन् । सुझाव संकलन समितिले प्रदेश ७ को राजधानी गोदावरी नगरपालिकाको वडा नम्बर ४ मा सार्न सुझावसहितको प्रतिवेदन प्रदेशसभामा पेश गरेपछि धनगढी नगरबासी आन्दोलित बनेका हुन् ।

धनगढीमा रहेका संरचनमा करोडौँ लगानी गरिएकाले राजधानी अन्य स्थानमा सार्न खोज्नु गलत भएको उनीहरुको तर्क छ । बुधबार एक विज्ञप्ति निकालेर उनीहरुले राजधानी सार्ने प्रयास नगर्न चेतावनी पनि दिएका छन् ।

प्रकाशित समय : २३:३७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु