global ime bank Long Banner Ad

गृहपृष्ठ लागुऔषध नियन्त्रणमा उत्कृष्ट महिना पुरस्कार श्रेष्ठलाई

लागुऔषध नियन्त्रणमा उत्कृष्ट महिना पुरस्कार श्रेष्ठलाई

लागुऔषध नियन्त्रणमा उत्कृष्ट महिना पुरस्कार श्रेष्ठलाई

लागुऔषध नियन्त्रणमा सर्वोत्कृष्ट काम गरेबापत उत्कृष्ट महिना पुरस्कार प्रहरी जवान दिपेन्द्रलाल श्रेष्ठले प्राप्त गरेका छन् । बुधबार एक कार्यक्रम गरी जिल्ला प्रहरी कार्यालय सुर्खेतले श्रेष्ठलाई पुरस्कृत गरेको हो ।

श्रेष्ठ जिल्ला प्रहरी कार्यालय सुर्खेतमा प्रहरी जवानका रुपमा कार्यरत छन् । उनलाई प्रमाणपत्रसहित विभागीय पुरस्कार प्रदान गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख वसन्त रजौरेले जानकारी दिए । लागुऔषध नियन्त्रणमा सर्वोत्कृष्ट काम गर्ने कर्मचारीलाई पुरस्कृत गर्ने निर्णय गत भदौ ३ गते गरिएको थियो ।

जिल्ला प्रहरी कार्यालयले सुर्खेतमा अपराध नियन्त्रण, लागुऔषध नियन्त्रण तथा हिंसा नियन्त्रणमा उत्कृष्ट काम गर्ने प्रहरी युनिटलाई समेत सर्वोत्कृष्ट युनिट पुरस्कार दिने घोषणा गरेको छ ।

प्रकाशित समय : ००:२२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु