गृहपृष्ठ निजामती अस्पतालमा सर्जिकल भवन बनाउन चीनको सवा अर्ब सहयोग
निजामती अस्पतालमा सर्जिकल भवन बनाउन चीनको सवा अर्ब सहयोग
चीन सरकारको करिब सवा अर्ब सहयोगमा निजामती अस्पतालमा सर्जिकल भवन निर्माण हुने भएको छ । चीन सरकारको सहयोगमा निर्माण भएको निजामती अस्पताललाई स्तरोन्नति गर्न र सुविधासम्पन्न बनाउन चीनले भवन निर्माणमा सहयोग गरेको हो ।
बुधबार आयोजित शिलान्यास कार्यक्रममा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले चीनको सहयोगले अस्पताललाई उल्लेख्य योगदान पुग्ने बताए । नेपालका लागि चिनियाँ राजदूत यू होङले स्थापनाकालदेखि नै निजामती अस्पताललाई सहयोग गरेको भन्दै यस्ता सहयोगले चीन र नेपालबीचको मैत्रीपूर्ण सम्बन्धलाई अझ मजबुत बनाउन सहयोग पुग्ने बताइन् ।
चार हजार ९ सय वर्गमिटरमा बन्ने नयाँ सर्जिकल भवनमा ११५ देखि ११७ शय्यासहित अत्याधुनिक उपकरण रहनेछन् । नयाँ भवन डेढ वर्षभित्र निर्माण गरिसक्ने योजना छ । निजामती अस्पतालमा दैनिक १ हजार बिरामी उपचारका लागि जाने गरेका छन् ।
प्रकाशित समय : ००:३६ बजे



















