गृहपृष्ठ धनगढी उपमहानगरपालिका प्रमुख वडले मागे माफी
धनगढी उपमहानगरपालिका प्रमुख वडले मागे माफी
प्रदेश सरकार र सांसदहरुलाई धनगढी छोड्न २४ घण्टाको अल्टिमेटम दिएका धनगढी उपमहानगरपालिकाका प्रमुख नृप वडले माफी मागेका छन् । प्रदेश ७ को राजधानी गोदावरी बनाउने प्रस्ताव संसदमा पेश भएपछि उनले सरकार र सांसदहरुलाई धनगढी छोड्न अल्टिमेटम दिएका थिए ।
उनले बिहीबार बिज्ञेप्ती निकालेर धनगढीबासीको आन्दोलनको क्रममा अपशब्द बोल्न गएको स्वीकार गर्दै आत्मसमिक्षा गरेको बताएका छन् । बुधवार भएको आन्दोलनमा सहभागी भएका प्रमुख ओडले धनगढी बाहिर राजधानी लगिए सांसदलाई धनगढीमा बस्ने अधिकार नभएको र निर्णय नसच्चए सांसद बस्ने ठाउँमा गएर आगो लगाउन पनि पछि नहट्ने चेतावनी दिएका थिए ।
उनको अभिव्यक्तिलाई लिएर चौतर्फि विरोध भएपछि माफी मागेका हुन् । प्रदेश ७ को राजधानी गोदावरीको जंगलमा सार्न भूमाफियाको संग्लना रहेको समेत उनले आरोप लगाएका छन् । उनले धनगढीमा पर्याप्त संरचना तयार भइसकेकाले राजधानी नसार्न समेत विज्ञेपीत मार्फत आग्रह गरेका छन् । राजधानी सार्ने विषयलाई लिएर धनगढीका स्थानीय आन्दोलित हुँदा गोदावरीका स्थानीय भने खुसी भएका छन् ।

प्रकाशित समय : २२:४४ बजे



















