गृहपृष्ठ सेयर बजार १० अंकले घट्यो
सेयर बजार १० अंकले घट्यो
साताको अन्तिम दिन बिहीबार सेयर बजार परिसूचक नेप्से १० अंकले ओरालो लागेको छ । होटल र उत्पादनमूलकबाहेकका सबै समूह आरोलो लागेपछि समग्र बजार परिसूचक १०.५६ अंकले घटेर १२६७.१८ अंकमा झरेको छ ।
होटल समूह ०.६८ र उत्पादनमूलक १.१४ प्रतिशतले बढेका छन् । सेयर बजारसँगै कारोबार रकममा पनि गिरावट आएको छ । बिहीबार १६९ कम्पनीको ५३ करोड ३८ लाख रुपैयाँबराबरको २१ लाख ९६ हजार ९२६ कित्ता सेयर किनबेच भएको छ । बुधबार करिब ९१ करोडको सेयर कारोबार भएको थियो ।
घटेको बजारमा नेसनल हाइड्रोपावर कम्पनी, बोटलर्स नेपाल (तराई), नेडेप लघुवित्तलगायत कम्पनीका लगानीकर्ताले कमाए भने हिमालयन पावर पार्टनर, अरुण काबेली पावरलगायत कम्पनीका लगानीकर्ताले गुमाएका छन् । बिहीबार प्रभु बैंकको साढे ४ करोड तथा सूर्य लाइफ इन्स्योरेन्स कम्पनीको ४ करोडभन्दा बढीको संस्थापक सेयर किनबेच भएको छ ।
प्रकाशित समय : २२:२७ बजे



















