global ime bank Long Banner Ad

गृहपृष्ठ माधव नेपालले भने– जुन जोगी आए पनि कानै चिरेको

माधव नेपालले भने– जुन जोगी आए पनि कानै चिरेको

माधव नेपालले भने– जुन जोगी आए पनि कानै चिरेको

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालले सरकारको कार्यशैलीको आलोचना गरेका छन् । संसदको वर्से अधिवेशन सकिने दिन संसदमा सम्बोधन गर्दै नेता नेपालले सरकारको कार्यशैलीको आलोचना गरेका हुन् ।

प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी ओलीले नेता तथा कार्यकर्तालाई अरिंगाल बनेर सरकार र पार्टीको बचाउ गर्न निर्देशन दिए पनि नेता नेपाल भने सरकार विरद्ध खनिएका हुन् । उनले दुई तिहाइ बहुमतको सरकार भ्रष्टाचार न्यूनीकरण तथा सुशासन कायम गर्नमा चुकेको टिप्पणी गरे ।

‘सरकारले गति लिन नसकेकाले यो कानले जुन जोगी आए पनि कानै चिरेका भन्ने सुन्नु परेको छ’, नेता नेपालले भने, ‘भ्रष्टाचार न्यूनीकरण तथा सुशासन कायम गर्नमा सरकार चुकेको छ, ‘मन्त्रीहरुले यो कुराको ख्याल गरेका छन् कि छैनन् ?’

सरकारको काममा त्रुटी देखिएको भन्दै नेता नेपालले त्रुटी सच्यान ढिलाई गर्न नहुनेमा जोड दिए । ‘कहाँ रह्यो त्रुटी, कहाँ रह्यो समस्या खोजी गर्नुस’, उनले भने, ‘राम्रो काम गरेमा नेकपाको मात्रै होइन संसदको समर्थन हुन्छ ।’ नेता नेपालले नेपाललाई भ्रष्टाचारमुक्त देश बनाउनुपर्नेमा समेत जोड दिए ।

प्रकाशित समय : २२:१७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु