global ime bank Long Banner Ad

गृहपृष्ठ खानेपानी मन्त्रालयका कर्मचारीलाई विदेश भ्रमणमा रोक

खानेपानी मन्त्रालयका कर्मचारीलाई विदेश भ्रमणमा रोक

खानेपानी मन्त्रालयका कर्मचारीलाई विदेश भ्रमणमा रोक

खानेपानी मन्त्री बिना मगरले खानेपानी मन्त्रालय र मातहतका निकायका कर्मचारीहरुलाई विदेश भ्रमण जानमा रोक लगाएकी छन् ।

खानेपानी मन्त्रालय सिंहदरबारमा मंगलबार आकस्मिक बैठक बोलाउँदै मन्त्री मगरले कर्मचारीलाई अनावश्यक विदेश भ्रमणमा नजान निर्देशन दिएकी हुन् ।

सचिव, सहसचिव र मातहतका विभिन्न निकायका विभागीय प्रमुखलाई मन्त्रालयमा बोलाई विदेश भ्रमण रोक्न निर्देशन दिएको मन्त्रालय स्रोतले जनाएको छ ।

देशभर ढलको अनुगमन
यसैबीच, खानेपानी मन्त्रालयले देशभर ढलको अनुगमन गर्ने भएको छ । मन्त्रालयको मंगलबारको बैठकमा मन्त्री मगरले ढलको समस्या बढ्दै गएकाले व्यावसायिक अपार्टमेन्ट, अस्पताल लगायत विभिन्न क्षेत्रका ढलहरुको अनुगमन गर्ने बताइन । प्रारम्भिक प्रशोधन गरेर मात्र ढल फाल्नु पर्ने नीतिगत व्यवस्था गर्न लागिएको उनको भनाई थियो ।

ढल अनुगमन गर्न खानेपानी तथा ढल निकास विभागकी उपमहानिर्देशक मीना श्रेष्ठको संयोजकत्वमा ६ सदस्यीय अनुगमन तथा निरीक्षण व्यवस्थापन कार्यदल गठन भएको छ ।

प्रकाशित समय : ०१:१८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु