गृहपृष्ठ बाराही सहकारीको २३ करोड ऋण लगानी गर्ने लक्ष्य
बाराही सहकारीको २३ करोड ऋण लगानी गर्ने लक्ष्य
पोखरा महानगरपालिका-१७, बिरौटामा रहेको बाराही बचत तथा ऋण सहकारी संस्थाले यस आर्थिक बर्ष २०७५/०७६ मा २३ करोड ऋण लगानी गर्ने लक्ष्य राखेको छ । मंगलबार पोखरामा सम्पन्न १९ औं वार्षिक साधारणसभामा संस्थाका अध्यक्ष दुर्गाबहादुर गुरुङले १९ करोड ५० लाख ऋण असुली गर्ने लक्ष्यसहित यस आर्थिक बर्षमा उक्त रकम बराबरको ऋण लगानी गर्ने भएको बताएका हुन ।
संस्थाले गत आर्थिक वर्ष २०७४÷०७५ मा ४३ लाख ७३ हजार ६ सय १ रुपैयाँ आम्दानी गर्न सफल भएको छ । अघिल्लो आर्थिक वर्ष भन्दा यस बर्ष ४८ प्रतिशतले वद्धि हुदा उक्त रकम आम्दानी गर्न सफल भएको अध्यक्ष गुरुङले जनाए । अघिल्लो बर्ष संस्थाले ८ लाख ७४ हजार ७ सय २० रुपैया आम्दानी गर्न सफल भएको थियो ।
संस्थाको शेयरपूँजी ६ करोड १३ लाख ३२ हजार ९ सय रुपैयाँ छ । त्यस्तै १२ करोड ५५ लाख ६४ हजार ३ लसय ४४ रुपैयाँ निक्षेप संकलन गरेको छ । २०५६ सालमा ५२ जना सेयर सदस्यबाट सुरु भएको संस्थामा हाल ६ सय ९२ जना सेयर सदस्य रहेको सचिव एकदेव बरालले बताए ।
प्रकाशित समय : २३:०४ बजे



















