गृहपृष्ठ भक्तपुरमा इन्द्रजात्रा सुरू

भक्तपुरमा इन्द्रजात्रा सुरू

भक्तपुरमा इन्द्रजात्रा सुरू

धार्मिक तथा सांस्कृतिक महत्व बोकेको परम्परागत इन्द्रजात्रा भक्तपुरमा आजबाट सुरु भएको छ ।

इन्द्रजात्राको अवसरमा टोलटोलमा इन्द्रको मूर्तिस्वरुप सानो लिंगो ठड्याइन्छ । प्रत्येक वर्ष भाद्र शुक्ल द्वादशीको दिनमा भक्तपुरमा इन्द्रको मूर्तिस्वरुप लिंगोे उठाउने प्रचलन छ । यसरी ठड्याइएको लिंगोलाई नेवारी भाषामा यम्वोःद्यो भनिन्छ ।

देवराज इन्द्रकी आमा बसुन्धरालाई भाद्र शुक्ल चौथीका दिन व्रत बस्न पारिजातको फूलको आवश्यकता भएकाले छोरा जयन्तलाई उक्त फूल खोज्न पठाइउँदा फूल खोज्दै जाने क्रममा इन्द्रपुत्र जयन्तलाई दैत्यले पक्राउ गरेको किंवदन्ती छ ।

जयन्तलाई छुटाउन देवता र दैत्यबीच युद्ध भई देवताको जीत भएको खुशीयालीमा इन्द्रजात्रा मनाउँदै आएको मानिन्छ ।

धार्मिक पूजाआजासहित आज भक्तपुरको इताछे, तेखापुखु, वंशगोपाल, नासमना, बुलुचा, साकोठा, भोलाछें, सुजम्हरी, खौमा, इताछेंलगायतका स्थानमा लिंगोे ठड्याइएको छ । यो जात्रा भक्तपुरमा आठ दिनसम्म मनाइन्छ ।

प्रकाशित समय : १५:४७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु