गृहपृष्ठ तान्जानियामा डुंंगा दुर्घटना, ४० जनाको मृत्यु
तान्जानियामा डुंंगा दुर्घटना, ४० जनाको मृत्यु
उत्तरी तान्जानियाको भिक्टोरिया तालमा भयानक डुंगा दुर्घटना भएको छ । दुर्घटनामा ४० जना भन्दा बढीको मृत्यु भएको बिबिसीले जनाएको छ ।
दुई सय भन्दाबढी यात्रु हराइरहेको बताइएको छ । एमभी न्यरी नामको डुङ्गा युकेरेवे र युकोरा टापु नजिकै किनार नजिक पल्टिएको थियो । प्रत्यक्षदर्शीका अनुसार करिब ४०० जना व्यक्ति सवार रहेको बिबिसीले उल्लेख गरेको छ । एक सय जनाभन्दा बढी यात्रुको जीवितै उद्धार गरिएको बताइएको छ ।
तान्जानियामा क्षमताभन्दा बढी यात्रु बोकेका कारण यसअघि पनि दुर्घटना भइसकेका छन् । सन् २०१२ मा जन्जिबार टापुमा डुंगा दुर्घटना हुँदा १४५ जनाको मृत्यु भएको थियो । यो वर्ष मात्रै जन्जिबार टापु पारि भएका ठुला दुर्घटनामा करिब २०० जनाको मृत्यु भइसकेको छ ।
सन् १९९६ मा भिक्टोरिया तालमैँ एमभी बुकोबा नामको डुंगा दुर्घटना हुँदा ८०० जनाको मृत्यु भएको थियो ।
प्रकाशित समय : १५:२० बजे



















