अछाममा प्रहरी र चालकबीच झडप, हवाइ फायर
वि.सं.२०७५ असोज ५ शुक्रवार १४:५८
shares

अछामको साँफेबगरमा प्रहरी र चालकबीच झडप हुँदा तीनजना घाइते भएका छन् । स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गरेको छ ।
मङ्लसेनबाट आएका गाडी साँफे पक्की पुल नजिकै रोकिएपछि गाडी चालक प्रहरीमाथि जाइलागेको र हुल नियन्त्रण गर्न केही राउण्ड हवाइ फायर र पाँच सेल अश्रुग्याँस चलाएको प्रहरी निरीक्षक टेकबहादुर रावतले जानकारी दिए ।
आक्रोशित सवारी चालकले साँफेबगर नगरपालिकाको कार्यालय अगाडि प्रदर्शनका साथै नगरपालिकाको सवारी साधनमा तोडफोड र बजार बन्द गराएका थिए ।
सरकारले सवारी साधन दुर्घटनामा कुनै व्यक्तिको मृत्यु भएमा चालकले १२ वर्ष जेललगायतका सजाय भोग्नुपर्ने गरी कानून ल्याएको भन्दै चालकले तीन दिनदेखि देशव्यापी आन्दोलनका कार्यक्रम गर्दै आएका छन् ।

























