काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

नवलपरासीमा बस दुर्घटना, ३२ यात्रु घाइते

11.99K
shares

पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको मध्यविन्दु नगरपालिका–११ कुसुण्डेमा रात्रिबस दुर्घटना हुँदा ३२ यात्रु घाइते भएका छन् ।

काठमाडाैँबाट दाङका लागि छुटेको ना ६ ख ९२८ नम्बरको यात्रुवाहक बस गए राति विपरीत दिशाबाट आउँदै गरेको आरजे १४ जिसी ३८४९ नम्बरको को भारतीय ट्रकसँग जुध्दा बस सडकदेखि ५० मिटर तल खसेको थियो ।

बसमा ६० यात्रु सवार रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घाइतेमध्ये १३ जनाको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ भने अन्य १९ को स्थानीय मेडिकलमा उपचार भइरहेको छ ।

दुर्घटनापछि राजमार्ग एकतर्फी रूपमा सञ्चालनमा रहेको प्रहरीले जनाएको छ ।