फिफा बरीयतामा नेपालको एक स्थान सुधार
वि.सं.२०७५ असोज ५ शुक्रवार १४:२०
shares

विश्व फुटबल महासंघ (फिफा)को बरियतामा नेपाल एक स्थान सुधार गर्दै १६० औं स्थानमा उक्लिएको छ ।
फिफाले बिहीबार सार्वजनिक गरेका बरियतामा नेपालले एक स्थान सुधार गरेको हो । यसअघि नेपाल १६१ औं स्थानमा थियो । बरियताको शीर्षस्थानमा फ्रान्स र बेल्जियम रहेका छन् । बेल्जियम १ स्थान माथि उक्लिदै विश्व विजेता फ्रान्ससँग बराबरी गरेको हो । फ्रान्स भने याथवत रहेको छ । विश्व बरियताको तेस्रो स्थानमा ब्राजिल छ ।
चौथो स्थानमा विश्वकपको उपविजेता क्रोएसिया छ । पाँचौ स्थानमा उरुग्वे, छैटौंमा इंग्ल्यान्ड, सातौंमा पोर्चुगल, आठौंमा स्वीट्जरल्यान्ड, नवौंमा स्पेन र १०औं मा डेनमार्क अटाएको छ ।
भारत १ स्थान तल झर्दै ९७औं स्थानमा पुगेको छ भने माल्दिभ्स १५१ औं स्थानमा छ भने ५ स्थान खस्किदै १८८ औं स्थानमा पगेको छ । बंगलादेशले एक स्थान सुधार गर्दे १९३ औं मा छ । श्रीलंकाले एक स्थान सुधार गरेको छ । पाकिस्तान २ स्थानमाथि उक्लिएको छ । श्रीलंका र पाकिस्तान समान १९९ औं नम्बरमा परेका छन् ।

























