दोहा बैंकको सम्पर्क कार्यालय राजधानीमा
वि.सं.२०७५ पुस ५ बिहीवार १२:४२
shares

कतारको राष्ट्रिय बैंक दोहा बैंकको सम्पर्क कार्यालय काठमाडौंमा स्थापना भएको छ । नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले राजधानीमा आयोजित कार्यक्रममा बैंकको सम्पर्क कार्यालयको उद्घाटन गरे ।
सम्पर्क कार्यालय स्थापनासँगै नेपाल र कतारबीच व्यापारिक सम्बन्ध विस्तारमा मद्दत पुग्नुका साथै नेपालमा कतारी लगानी भित्र्याउन सहयोग पुग्ने विश्वास उनले व्यक्त गरे । कार्यक्रममा प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमाल, राष्ट्र बैंकका डेपुटी गभर्नरहरू चिन्तामणि शिवाकोटी र शिवराज श्रेष्ठ, नेपालका लागि कतारका राजदूत युसुफ बिन अहमद हेल तथा कतारका लागि नेपाली राजदूत रमेश कोइरालालगातको उपस्थिति थियो ।

























