काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

तातोपानी नाका वैशाख १८ देखि सञ्चालनमा आउने

12.96K
shares

नेपाल र चीनबीचको प्रमुख व्यापारिक नाका तातोपानी भन्सार वैशाख १८ देखि सञ्चालनमा आउने भएको छ । २०७२ वैशाखको महाभूकम्पपछि बन्द रहेको तातोपानी नाका चार वर्षपछि सञ्चालनमा आउन लागेको हो ।

तातोपानी नाका सञ्चालनका लागि यतिबेला सीमा क्षेत्रमा तीव्र गतिमा काम भइरहेको छ । वैशाखबाट नाका सञ्चालन हुन लागेको चिनियाँ उच्च स्रोतले जानकारी दिएको छ । नाका सञ्चालनका लागि वैशाख पहिलो सातासम्म पूर्वाधारको काम सकिने चिनियाँ ठेकेदारले बताएको भोटेकोशी गाउँपालिकाका अध्यक्ष राजकुमार पौडेलले जानकारी दिए । उनले मितेरी पुलको पुनर्निर्माण पनि सुरु गरिएको बताए ।

काठमाडौंबाट १११ किलोमिटर उत्तरपूर्वमा पर्ने तातोपानीका बासिन्दा नाका बन्द भएपछि चीन–नेपाल व्यापारमा समस्या आइरहेको छ । हङकङ, भारत हुँदै सामान आयात गर्नुपर्दा मूल्य बढेको व्यवसायीले बताएका छन् ।

सडक विभागका अधिकारीका अनुसार चीनले आफ्नोतर्फको सडकलगायत भन्सार पूर्वाधारको निर्माणमा तीव्र गतिमा काम गरिरहेको छ । चीनले विशेष महत्वका साथ नाका सञ्चालनका लागि काम गर्न थालेपछि नेपालतर्फको सडक मर्मतका लागि सडक विभागलाई सरकारले तताएको हो । (रासस)