एनआईसी एशिया बैंकको ‘साथी’ सञ्चालनमा
वि.सं.२०७५ पुस १२ बिहीवार १७:१८
shares

एनआईसी एशिया बैंकले ‘बैंक पनि साथी पनि, राम्रो पनि, हाम्रो पनि’ मूलनाराको भावनाअनुरुप सामाजिक सञ्जाल ‘फेसबुक’ अन्तर्गत ‘साथी’ नामक ‘चाटबोट’ सञ्चालनमा ल्याएको छ । एनआईसी एशियाले ‘साथी’ नामक उक्त ‘चाटबोट’ २०७५ साल पुस १० गतेबाट सञ्चालनमा ल्याएको हो ।
‘साथी चाटबोट’मार्फत बैंकका ग्राहकले आफ्ना जिज्ञासाकोे आधिकारिक जवाफ प्राप्त गर्न सक्नेछन् । यसले डिजिटल बैंकिङको विकासमा बैंकले थप उचाइ प्राप्त गर्ने विश्वास लिएको बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
एनआईसी एशियाले देशभर २७० शाखा कार्यालय, २८७ एटिएम, ३७ वटा एक्सटेन्सन काउन्टर र २० वटा शाखारहित बैंकिङ इकाईमार्फत सेवा प्रदान गरिरहेको छ । कुल निक्षेप १ सय ६८ अर्ब तथा कुल कर्जा १ सय ४५ अर्ब रहेको बैंकका ग्राहक करिब १४ लाख रहेको नायब प्रमुख सूचना अधिकारी अर्जुनराज खनियाले जनाएका छन् ।

























