बालाजुमा टिपरको ठक्करबाट श्रीमानको मृत्यु, श्रीमती घाइते
वि.सं.२०७५ पुस १३ शुक्रवार १५:२८
shares

काठमाडौंको बालाजु बाइपासमा टिपरको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।
आज बिहान ६ बजेतिर मुड्खुभञ्ज्याङबाट एयरपोर्टतर्फ माटो बोकेर जाँदै गरेको ना७ख ७००५ नंको टिपरले ठक्कर दिँदा ५८ वर्षीय दलबहादुर विसंखेको मृत्यु भएको हो । महानगरीय ट्राफिक प्रहरी वृत्त नयाँ बसपार्कका प्रमुख जे जंग कार्कीले माटो बोकेर हिँडेको टिपर भित्तामा पल्टिँदा चिया बेच्ने विसंखे र उनका श्रीमतीलाई थिचेर घाइते भएकामा त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्जमा उपचारका क्रममा विसंखेको ज्यान गएको जानकारी दिए ।
मृतक विसंखेकी श्रीमतीको उपचार भइरहेको छ । ठक्कर दिने टिपर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

























