ट्रकको ठक्करबाट चितवनमा एकको मृत्यु
वि.सं.२०७५ पुस १३ शुक्रवार १५:४८
shares

भरतपुर महानगरपालिका– १० र १२ को सिमानामा पर्ने बाइपास रोडमा ट्रकले ठक्कर दिँदा साइकलमा सवार एक जनाको ज्यान गएको छ ।
आँपटारीबाट केन्द्रीय बस टर्मिनलतर्फ जाँदै गरेको ना७ख १३९४ नंको ट्रकले साइकलयात्री बाराको गढीमाई नगरपालिका–३ घर भई हाकिमचोकमा फर्निचरको काम गरी बस्ने १८ वर्षीय श्याम चौधरीलाई ठक्कर दिएको हो । चौधरीको घटनास्थलमै मृत्यु भएको थियो ।
ठक्कर दिने ट्रक र चालक प्रहरीको नियन्त्रणमा छन् । दुर्घटना शुक्रबार बिहान ७ः३० बजे भएको प्रहरीले जनाएको छ ।

























