पाकिस्तानका पूर्वराष्ट्रपति जर्दारीलाई विदेश भ्रमणमा प्रतिबन्ध
वि.सं.२०७५ पुस १३ शुक्रवार १५:५८
shares

पाकिस्तानका पूर्वराष्ट्रपति आसिफ अलि जर्दारीलाई देश छाडेर बाहिर जान प्रतिबन्ध लगाइएको छ ।
भ्रष्टाचारको अभियोग लागेका जर्दारीलाई सरकारले बिहीबार सूचना जारी गर्दै भ्रमणमा प्रतिबन्ध लगाइएको जनाएको हो । सूचना मन्त्री फवाड चौधरीले पत्रकारलाई दिएको जानकारी अनुसार मुद्रा अपचलनसम्वन्धी एउटा मुद्दामा जर्दारी, उनकी बहिनी फर्याल तालपुरसहित १७२ जनामाथि अनुसन्धान गरिएको छ ।
उनीहरूलाई मुद्रा अपचलनका लागि नक्कली बैंक खाता बनाएको आरोप पनि लागेको समाचारमा जनाइएको छ । पुर्वराष्ट्रपति जर्दारी सन् २००८ देखि २०१३ सम्म पाकिस्तानको राष्ट्रपति थिए । जर्दारी प्रमुख विपक्षी दल पाकिस्तान पिपल्स पार्टीका उपाध्यक्ष पनि हुन् ।
जर्दारीकी श्रीमती र पूर्व प्रधानमन्त्री बेन्जेजिर भुट्टोको हत्या भएको ११औँ बार्षिकीका बेलामा बेलामा सरकारले यस्तो आदेश दिएको हो । उनीहरूको सन् २००७ को डिसेम्बर २७ तारिखका दिन रावलपिण्डीमा चुनावी र्यालीमा सहभागी भएका बेला आत्मघाती बम हमलामा ज्यान गएको थियो ।

























