मनाङको तापक्रम माइनस २० डिग्री, भारी हिमपातले जनजीवन कष्टकर
वि.सं.२०७५ पुस १३ शुक्रवार १६:१३
shares

चिसो बढेसँगै मनाङमा हिमपात शुरु भएको छ । बिहीबार दिउँसदेखि भारी हिमपात हुँदा तापक्रम माइनस २० डिग्री सेल्सियसमा झरेको छ ।
जिल्लाको माथिल्लो भेग खांसार, भीमताङ, गुवाल,मनाङगाउँलगायत ठाउँमा बाक्लो हिउँ परेको हो । अन्य भूभागमा भने पातलो हिउँ परेको छ । लामो समयसम्म आकाशमा आकाश बादल लाग्नाका साथै तापक्रम पनि निकै घट्दा जनजीवन प्रभावित भएको छ । प्रमुख जिल्ला अधिकारी रुद्रनाथ देवकोटाका अनुसारे, ‘बिहीबार बिहानदेखि मौसममा खराबी देखियो । हिमालको वरिपरि कालो बादल लागेको र हावाहुरी आउनाका साथै हिमपात भएर तापक्रम पनि माइनस २० डिग्री सेल्सियस पुगेको छ ।’
जल तथा मौसमविद् बरुण गौडेलका अनुसार शुक्रबार दिनभर मौसममा बदली हुने, साँझपख पुनः हिमपात हुनसक्ने र भोलिबाट मौसममा सुधार आउने सम्भावना देखिन्छ ।

























