अन्जान शाक्य इजरायलका लागि नेपाली राजदूतमा नियुक्त
वि.सं.२०७५ पुस १७ मंगलवार ००:४१
shares

इजरायलका लागि नेपाली राजदूतमा डा. अन्जान शाक्य नियुक्त भएकी छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा २८२ को उपधारा १ अनुसार शाक्यलाई राजदूत नियुक्त गरेकी हुन् ।
मन्त्रिपरिषद्को सिफारिसलाई संसदीय सुनुवाई विशेष समितिले अनुमोदन गरेपछि शाक्यलाई राजदूत नियुक्ति गर्ने बाटो खुलेको थियो ।
उनी ‘यो मन्दिर, यो मस्जिद, यो चैत्य, यो गुम्बा, ’ मलाई छ प्यारो साधै आफू भन्दा बोलको चर्चित गीतकी गायिका हुन् । साथै प्रदेश ३ का नेकपा (तत्कालीन एमालेबाट निर्वाचित) का सांसद अजयक्रान्ति शाक्यका पत्नी पनि हुन् ।
नेकपाका नेताहरुका अनुसार प्रधानमन्त्री केपी ओलीकै जोडबलमा उनी राजदूत बनेकी हुन् । नाताले शाक्य ओलीकी ‘साली’ हुन् । निकटस्थहरूका अनुसार ओलीले उनलाई ‘साली’ भनेर सम्बोधन गर्छन् ।

























