कर्णालीमा युवा विद्यार्थीहरुको भेला
वि.सं.२०७५ कात्तिक २९ बिहीवार २३:४४
shares

कर्णालीमा स्वास्थ्य सम्बन्धी नीति बलियो बनाउन कर्णाली प्रदेशका युवा नेताहरुले सरकारलाई आव्हान गरेका छन् । बिहीबार कर्णाली ग्रामीण उत्थान तथा समाज विकास केन्द्र(सिडिएस– पार्क) मुगुले कर्णाली प्रदेशका १० जिल्लाका विद्यार्थी नेताहरुको भेला गरी सुरक्षित गर्भपतनका मूल्य र मान्यता विषयक अन्र्तक्रिया कार्यक्रम आयोजना गरेको थियो ।
कार्यमक्रममा सहभागीहरुले कर्णाली प्रदेशमा गर्भपतन गरेकै कारण थुप्रै महिलाहरुको ज्यान जाने गरेको भन्दै स्वास्थ्य सम्बन्धी बलियो नीति बनाउन सरकारलाई आह्वान गरेका छन् । कार्यक्रममा विद्यार्थी नेता यमुना सापकोटाले प्रदेश सरकारले स्वास्थ्य सम्बन्धी नीति बनाउँदै गरेको भन्दै माटो सुहाउँदो बलियो निती बनाउन आग्रह गरिन् । ‘प्रदेश सरकारले कर्णालीमा बलियो स्वास्थ्य निति बनाउन जरुरी छ । प्रतिपक्ष पार्टीको भातृसंगठनको प्रतिनिधित्व मैले गरेकी छु,’ उनले भनिन्, ‘हाम्रा प्रतिनिधिहरुलाई स्वास्थ्य सम्बन्धि बलियो निती बनाउन दबाब दिनेछु ।’
त्यस्तै शिक्षा क्याम्पस सुर्खेतका स्ववियु सभापति चक्रबहादुर शाहीले कर्णालीमा बलियो स्वास्थ्य नीति बनाउन दबाब आवश्यक रहेको बताए । ‘हामी नीति निर्माण गर्ने तहमा पुगेका त छैनौं तर निती बनाउनेहरुलाई दबाब दिने ठाउँमा छौं,’ उनले भने, ‘कर्णालीका महिलाहरुको स्वास्थ्यलाई ध्यानमा राखी बलियो स्वास्थ्य नीति बनाउनु जरुरी छ ।’
कार्यक्रममा सहभागी अधिकांश युवा नेताहरुले कर्णालीका १० वटै जिल्लाका स्थानीय तहहरुमा नेपाल सरकारबाट मान्यता प्राप्त स्वास्थ्य संस्थाबाटै सुरक्ष्ँित गर्भपतनको व्यवस्था सरकारले गरिदिनुपर्ने बताएका थिए ।

























