काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

एनआईसी एसिया बैंकलाई अन्तर्राष्ट्रिय गुणस्तर प्रमाणपत्र

12.33K
shares

एनआईसी एसिया बैंकले अन्तर्राष्ट्रिय गुणस्तर प्रमाणपत्र आईएसओ ९००१ː २०१५ प्राप्त गरेको छ । विश्वासिलो, आधुनिक र सहज बैंकिङ सेवा प्रदान गरेर आमजनमानसको मन जित्न सफल भएकाले अन्तर्राष्ट्रिय गुणस्तर प्रमाणपत्र पाएको बैंकले जनाएको छ । यस्तो अवार्ड युनाइटेड रजिस्ट्रार अफ सिस्टम (यूआरएस/यूकेएएस–यूके) ले प्रदान गर्ने गर्छ ।

बैंकले विभिन्न ग्राहकमुखी योजना, सबल र चुस्त व्यवस्थापन, वस्तु तथा सेवाको गुणस्तर, उपभोक्ता सन्तुष्टि, सुशासन साथै प्रणालीगत व्यवस्थापकीय क्षमतामा आधारित सेवा आदिमा राम्रो सुधार गरेको अन्तर्राष्ट्रिय स्तरको प्रमाणपत्र पाएको बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

बैंकले २७० शाखा कार्यालय, २८९ एटीएम काउन्टर, ३७ वटा एक्सटेन्सन काउन्टर र २२ वटा शाखारहित बैंकिङ इकाइमार्फत आधुनिक बैंकिङ सेवा प्रदान गरिरहेको छ । कुल निक्षेप करिब १६९ अर्ब तथा कर्जा १४६ अर्ब रहेको बैंकको ग्राहक संख्या करिब १४ लाख रहेको नायब प्रमुख कार्यकारी अधिकृत सुधिरनाथ पाण्डेले जनाएका छन् ।