काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

हिमालयन बैंकको अत्याधुनिक डेबिट कार्ड

15.23K
shares

हिमालयन बैंक लिमिटेडले अन्तर्राष्ट्रिय कार्ड प्रदायक मास्टरकार्डको अत्याधुनिक र थप सुरक्षित चिप र पिन प्रविधियुक्त डेबिट कार्डको सेवा शुभारम्भ गरेकोे छ ।

ग्राहकहरुले मास्टरकार्डबाट कारोबार गरि सामान खरिद गर्दा वा रकम भुक्तानी गर्दा विभिन्न मर्चेंटहरुमा २० प्रतिशतसम्म छुट पाउने भएका छन् । बैंकले नयाँ खाता खोल्ने ग्राहकहरुका लागि सो कार्ड निशुल्क प्रदान गर्ने भएको छ । मास्टरकार्ड लिएका ग्राहकले देशभर कुनै पनि पस मेशिनमा प्रयोग गरि सामान खरिद गरेमा आकर्षक नगद फिर्ता पाउने बैंकले जनाएको छ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शम्सेर राणा र मास्टरकार्डका तर्फबाट दक्षिण एसिया क्षेत्रिय प्रमुख पोरुष सिंहले कार्डको सेवा शुभारम्भ भएको घोषण गरेका थिए । हिमालयन बैंकका ग्राहकले देशका ५७ वटै शाखाहरुबाट उक्त कार्ड लिन सक्ने र १११ वटा एटिएम मार्फत प्रयोग गर्न सक्नेछन् । साथै उक्त कार्ड भारतका एटिएम मेसिनमा प्रयोग गर्दासमेत शुल्क नलाग्ने बताइएको छ ।

यो वर्ष थप ६ शाखा विस्तार बैंकको योजना छ ।