काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

समायोजनका लागि ७१ हजार कर्मचारीले भरे आवेदन फारम

11.36K
shares

कर्मचारी समायोजनका लागि ७१ हजार ५९८ जना कर्मचारीले आवेदन फारम भरेका छन् । फारम भर्ने म्याद बुधबार राति १२ बजेसम्ममा समायोजनमा जानका लागि साढे ७१ हजारले फाराम भरेका हुन् । म्याद सकिनै लाग्दा संघ रोज्दै नरोज्ने कर्मचारीको संख्या २५ हजारभन्दा बढी छ ।

मन्त्रालयले २१ दिने म्याद राखेर गत पुस १३ गतेदेखि अनलाइन आवेदन फारम खुला गरेको थियो । कर्मचारीहरुलाई आफू समायोजन हुन चाहेको तह वा स्थान प्राथमिकता क्रमअनुसार एकभन्दा बढी रोज्ने विकल्प थियो । कर्मचारीको कूल दरबन्दी ८९ हजार हो । तर, केही पदहरु अतिरिक्त समूहमा छन् ।

महालेखा परीक्षक अन्तर्गतका कर्मचारीहरुले समायोजन फारम भर्नु पर्दैन । त्यसैगरी अवकास हुन केही समय बाँकी भएकालाई पनि फारम भर्न अनिवार्य छैन । तर फारम नभरेकालाई पनि समायोजन गर्न बाधा नपर्ने कर्मचारी समायोजन अध्यादेशमा व्यवस्था छ ।

समायोजनमा जान आवेदन दिनेहरुमध्ये प्रदेश रोज्नेको संख्या ५८ हजार ६२३ छ भने स्थानीय तह रोज्नेको संख्या पनि ठूलै छ । मन्त्रालयले तथ्यांक एकीकृत गरिसकेपछि माथिल्लो तहका कर्मचारी अर्थात सचिव र सहसचिवबाट समायोजनको काम सुरु गर्ने जनाएको छ ।

फारम भर्ने म्याद सकिएपछि डाटा प्रोसेसिङका लागि केही समय लाग्नेछ । अर्को हप्ताबाट कर्मचारीको समायोजन प्रक्रिया सुरु हुने मन्त्रालय निकट स्रोतको दावी छ ।