काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

संरक्षणको अभवमा जीर्ण बन्दै सुर्खेत घण्टाघर

42.04K
shares

कर्णाली प्रदेशको राजधानी सुर्खेतमा रहेको घण्टाघरको संरक्षणको चुनौती बढ्दै गएको छ । सुर्खेतको वीरेन्द्रनगरस्थित खुल्ला मञ्चको पश्चिमतर्फ रहेको घण्टाघर २०४५ सालमा चीन सरकारको सहयोगमा स्थापना गरिएको थियो ।

७० लाख ७९ हजार ५ सय ४० रुपैयाँको लागतमा निर्माण गरिएको घण्टाघरको संरक्षण कसले गर्ने भन्ने चुनौती थपीएको छ । संरक्षणको अभावमा उक्त घण्टाघर जीर्ण बन्दै गएको छ ।

घण्टाघरको माथिल्लो भागको चारैपट्टीको पर्खालमा जापानबाट ल्याइएका ठूला-ठूला घडी जडान गरिएका छन् । सौर्य शक्तिबाट चल्ने यी घडीले समयको जानकारी सँगै मीठो धुन समेत दिने गर्थे ।

बटुवाले समेत घण्टाघरको धुन सुनेर आनन्द लिने र समयको समेत जानकारी प्राप्त गर्दथे । २०४७ सालतिर यी घडीहरु बिग्रन पुगेपछि वीरेन्द्रनगर नगरपालिकाले मर्मत गरी सञ्चालनमा ल्याएको थियो । केही समय चले पनि अहिले यी घडीहरु चलेका छैनन् ।

घण्टाघरसँगै रमणीय पार्क भएकाले यो राजधानीको मुटुभित्रको पर्यटकीय स्थल पनि हो । घण्टाघर पार्क लाई वीरेन्द्रनगर नगरपालिकाले संरक्षण गर्ने र पर्यटकीयस्थलका रुपमा विकास गर्ने हेतुले पब्लिक प्राईभेट पार्टनरसिप योजना अन्तर्गत चीन्तामणि शर्मालाई जिम्मा दिएको छ ।

surkhet_ghantaghar2_newskarobar

२०६८ सालदेखी शर्माले घण्टाघर पार्क सञ्चालनमा ल्याएका छन् । वार्षिक ६५ हजार तिरेर पहिलो १० वर्षे सम्झौतामा घण्टाघर पार्क सञ्चालनमा ल्याएको शर्माले बताए । घण्टाघरबाहेक यहाँको संरचना आफूलेनै निर्माण गरेको उनी बताउँछन् ।

घण्टाघरको घडीको विषयमा शर्माले भने ‘२०७४ भदौ २७ गतेको चटयाङ्का कारण घण्टाघरको घडी सञ्चालनमा छैन । यसको लागि मैले नगरपालिकामा छलफल चलाएको छु ।’

उता वीरेन्द्रनगर नगरपालिकाका वरिष्ठ अधिकृत प्रकाश पौडेलले अनुगमन समीतिले घण्टाघरको अनुगमन गरी कार्यपालीकामा प्रतिवेदन पेश गरे पनि त्यसउपर नगरपालिकाले कुनै निर्देशन नदिएको बताए । ‘घण्टाघरको मर्मत व्यावसायीले गर्ने कि नगरपालिकाले गर्ने भन्ने अन्योलता छ,’ पौडेलले भने, ‘यसमा छलफल गरेर छिटै मर्मत गर्नेछौं ।’

घण्टाघर माथिबाट पूरै वीरेन्द्रनगरको दृश्य देखिन्छ । पार्कमा आन्नद लिने र विभिन्न कार्यत्रक्रमको लागि हल तथा विभिन्न जातीका चराहरुसमेत व्यावसायीले राखेका छन् । दुर्लभ जातको चरा अस्ट्रिज समेत पर्यटकलाई आकर्षण गर्न राखीएको छ । त्यो बाहेक बालबालिकाको लागि राम्रो खेल मैदान समेत घण्टाघर पार्कमा छ । तर घण्टाघरकै अस्थित्व मेटिन्छ कि भन्ने डर सबैमा जागेको छ ।