राजपाको केन्द्रीय संयोजकमा अब महेन्द्रराय यादव
वि.सं.२०७५ माघ ३ बिहीवार २३:३६
shares

राष्ट्रिय जनता पार्टी नेपालको अध्यक्ष मण्डलको संयोजक महेन्द्रराय यादव बन्ने भएका छन् । चक्रीय प्रणालीअनुसार यादव केन्द्रिय संयोजक बन्न लागेका हुन् । अध्यक्ष मण्डलका संयोजक महन्त ठाकुरपछि मंसिर ५ गतेबाट राजेन्द्र महतो संयोजक बनेका थिए । महतोको संयोजक पदको दुई महिने कार्यकाल समाप्त हुन लागेपछि माघ ४ गते अर्थात शुक्रबार बस्ने राजपा नेपालको बैठकले अध्यक्ष मण्डलका सदस्य महेन्द्ररायले संयोजकलाई जिम्मेवारी दिने तयारी गरेको हो ।
६ पार्टीबीच एकता भएपछि राजपा नेपालमा ६ सदस्य अध्यक्ष मण्डल छन् । त्यसैमध्येका एक अध्यक्ष मण्डलका सदस्य संयोजक बन्ने प्रावधान छ । राजपाका एक केन्द्रीय नेताका अनुसार पार्टी एकीकरण भएको लामोसमयसम्म महन्त ठाकुर नै अध्यक्ष मण्डलका संयोजक भएपछि दुई महिने कार्यकाल रहने गरी चक्रीय प्रणाली लागू गरिएको छ । गएको मंसिर ४ गते बसेको राजपा नेपालको केन्द्रीय अध्यक्ष मण्डलको बैठकबाट राजेन्द्र महतोलाई संयोजकको जिम्मेवारी दिने निर्णय गरेको थियो ।

























