विद्युत चोरीमा संलग्न ४१ जनालाई कारवाही
वि.सं.२०७५ माघ ४ शुक्रवार १६:३३
shares

चालू आर्थिक वर्षमा विद्युत् प्राधिकरण वितरण केन्द्र तुलसीपुर दाङले विद्युत चोरी गर्ने ४१ लाई कारवाही गरेको छ ।
माघसम्म पोलबाट विद्युत् हुकिङ गरेर घरायसी प्रयोजनमा ल्याउने ४१ जनाको घरमा छापामारी घरधनीलाई पक्राउ गरिएको उक्त केन्द्र प्रमुख दीपकजंग चौधरीले जानकारी दिए । पक्राउ परेका व्यक्तिलाई विद्युतीय सामग्री प्रयोगको आधारमा दुई हजारदेखि ८३ हजार रुपैयाँसम्म जरिवाना गर्दा चार लाख ६१ हजार १२० राजश्व संकलन भएको केन्द्रका प्रशासन प्रमुख युवराज विष्टले जानकारी दिए ।

























