काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

नेपाल वुमन्स टी–२० स्म्यासको फाइनलमा, इन्डोनेसिया ९२ रनले पराजित

12.64K
shares

नेपाल थाइल्याण्डमा जारी वुमन्स टी–२० स्म्यास प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

सीता रानाको अलराउण्ड प्रदर्शन र रुविनाको कसिलो बलिङमा इन्डोनेसियालाई ९२ रनको फराकिलो अन्तरले हराउँदै नेपाल फाइनलमा पुगेको हो ।

नेपालले दिएको १२० रनको लक्ष्य पछ्याउने क्रममा इन्डोनेसिले सबै विकेट गुमाएर २७ रन मात्रै जोड्न सक्यो । इन्डोनेसियाका लागि युलिया अंगाएनीले १३ रन जोड्नुबाहेक बाँकी खेलाडीले दोहोरो रन बनाउन सकेनन् ।

नेपालको बलिङ उत्कृष्ट रह्यो । कप्तान रुविना क्षेत्रीले तीन ओभरमा दुई ओभर मेडन राख्दै २ रन दिएर तीन विकेट लिइन् । सीता रानामगर, नेरी थापा, कविता, कुँवर र सरिता मगरले समान एक–एक विकेट लिए ।

टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा तीन विकेट गुमाएर ११९ रन बनाएको थियो । सीता रानामगरले सर्वाधिक ४८ रनको योगदान गरिन भने इन्दु बर्माले नट आउट ४० रन बनाइन् । सीता अर्धसतक बनाउनबाट २ रनले मात्र चुकिन् । ओपनर काजलले २० रनको योगदान गरिन् ।