प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्रीले सांसदका प्रश्नको जवाफ दिदैँ
वि.सं.२०७५ माघ ४ शुक्रवार १७:३९
shares

प्रधानमन्त्री केपी शर्मा ओलीले आज बस्ने प्रतिनिधिसभाको बैठकमा सांसदले गरेका प्रश्नको जवाफ दिने भएका छन् ।
दिउँसो १२ बजे बस्ने बैठकमा प्रधानमन्त्री ओलीले सांसदका प्रश्नको जवाफ दिने कार्यसूची छ । सांसदले प्रधानमन्त्रीसामु ठाडै प्रश्न गर्न सक्ने संसद् सचिवालयले जनाएको छ । बिहीबारको कार्यव्यवस्था परामर्श समितिको बैठकले प्रधानमन्त्रीसँग सांसदले प्रश्न गर्न सक्ने कार्यसूची तय गरेको हो ।
बैठकमा आज गृहमन्त्री रामबहादुर थापाले राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विधेयकमाथि विचार गरियोस् भन्दै प्रस्ताव पेश गर्दैछन् । कानून न्याय तथा संसदीय मामिला मन्त्री भानुभक्त ढकालले पारमाणविक विधेयक,संविधान अनुकुल बनाउन ऐनलाई संशोधन गर्ने विधेयकमाथि दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउनका लागि प्रस्ताव पेश गर्ने कार्यतालिका छ ।
यस्तै कृषि तथा पशुपन्छी मन्त्री चक्रपाणी खनालले जीवनाशक विषदी व्यवस्थापन विधेयकमाथि दफावार छलफलका लागि प्रस्ताव पेश गर्ने संसद सचिवालयले जनाएको छ ।

























