कुमारी बैंकका सम्पूर्ण वित्तीय सूचक सकारात्मक
वि.सं.२०७५ माघ ८ मंगलवार १८:२९
shares

चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा कुमारी बैंकका वित्तीय सूचकहरु उत्साहजनक देखिएका छन् । मंगलबार प्रकाशित नेपाल फाइनान्सियल रिपोर्टिङ स्ट्याण्डर्ड (एनएफआरएस) रिर्पोटले बैंकका वित्तीय सूचकहरु सकारात्मक देखाएको हो ।
बैंकले यो अवधिमा ६७ करोड ६२ लाख ४४ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा गत वर्षको यसै अवधिभन्दा २९.५४ प्रतिशत अर्थात् १५ करोड ४२ लाख रुपैयाँले बढी हो । गत वर्ष कुमारीले ५२ करोड २० लाख २२ हजार रुपैयाँ मात्र खुद नाफा आर्जन गरेको थियो ।
बैंकले खुद नाफामा राष्ट्र बैंकको व्यवस्थाअनुरुप रेगुलेटरी एड्जस्टमेन्टमा ७ करोड २४ लाख रुपैयाँ व्यवस्था गर्दा बैंकको खुद नाफाभन्दा लाभांश क्षमता घटेको छ । रिपोर्टअनुसार बैंकको वितरणयोग्य नाफा ६० करोड ३८ लाख १३ हजार रुपैयाँ रहेको छ । गत वर्ष वितरणयोग्य नाफा ४८ करोड २ लाख ६ हजार रुपैयाँ थियो ।
खुद ब्याज आम्दानी ६६.९६५ ले बढेर १ अर्ब ५१ करोड ७१ लाख ९ हजार रुपैयाँ पुगेको छ । गत वर्षको यही अवधिमा ९० करोड ८६ लाख ६० हजार रुपैयाँ मात्र खुद ब्याज आम्दानी गरेको थियो । कुमारीले सञ्चालन नाफा पनि ३५.०३५ ले बढाएर ९६ करोड ६० लाख ६३ हजार पुर्याएको छ । गत वर्ष सञ्चालन नाफा ७१ करोड ५४ लाख ९ हजार रुपैयाँ मात्र थियो । खुद ब्याज आम्दानी र सञ्चालन नाफामा सुधार आउँदा समग्र नाफा बढेको हो । यो त्रैमाससम्ममा कुमारीको निक्षेप ७५ अर्ब ४४ करोड ८५ लाख ३९ हजार रुपैयाँ र कर्जा लगानी ७० अर्ब ७७ करोड २२ लाख ३ हजार रुपैयाँ पुगेको छ ।
गत वर्ष कुमारीले ५७ अर्ब ८४ करोड ९३ लाख ५७ हजार रुपैयाँ निक्षेप संकलन गरेर ५० अर्ब ७५ करोड ९२ लाख ५५ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । बैंकले खराब कर्जा १.६१५ बाट घटाएर १.२२५ मा झारेको छ । कुमारीको कस्ट अफ फन्ड ८.१२५ र बेस रेट ११.५५ प्रतिशत छ ।
हाल कुमारीको चुक्ता पुँजी ७ अर्ब १६ करोड ३३ लाख ९५ हजार रुपैयाँ छ । यही पुँजीबाट बैंकले आर्थिक वर्ष २०७३–७४ को लागि १२.७५ प्रतिशत र गत आर्थिक वर्षको लागि ८.५ प्रतिशत बोनस सेयर लाभांशको रुपमा दिने भएको छ । यी दुई बोनस सेयरपछि पुँजी ९ अर्ब ३० करोड ८८ लाख रुपैयाँ भन्दा बढी पुग्नेछ । बैंकको जगेडा कोषमा ४ अर्ब २९ करोड ९ लाख ४६ हजार रुपैयाँ छ ।
साना बैंक तथा वित्तीय संस्थाहरुलाई आफूमा गाभ्दा कुमारी बैंकको व्यवसायको आकार बढेको छ । जसले गर्दा कुमारीले नाफा बढेको हो । कुमारीले काष्ठमण्डप, महाकाली, काँक्रेविहार डेभलपमेन्ट बैंक र पश्चिमाञ्चल फाइनान्सलाई आफूमा गाभेको थियो ।

























