काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

प्रचण्ड परिवारमा भाइरल ज्वरोको भय, सीतापछि बिना पनि अस्पताल भर्ना

14.95K
shares

नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’की पत्नी सीता दाहाललाई आइसियूमा सारिएको छ । सोमबार ललितपुरस्थित सुमेरु अस्पतालमा भर्ना गरिएकी उनको स्वास्थ्यमा थप समस्या देखिएपछि आइसियूमा सारिएको अस्पतालले जनाएको छ ।

प्रचण्डकै बुहारी एवं खानेपानी तथा सरसफाईमन्त्री बिना मगरलाई पनि मंगलबार बिहान सुमेरु अस्पतालमै भर्ना गरिएको छ । भाइरल ज्वरोको संक्रमणमा परेपछि बिनालाई अस्पताल भर्ना गरिएको प्रचण्डको सचिवालयले जनाएको छ । भाइरलकै कारण प्रचण्ड र उनका कान्छा नाति प्रणव पनि विरामी परेका छन् । यसअघि गत शनिबार छोरी गंगा र नातिनी स्मृतिलाई पनि अस्पताल भर्ना गरी उपचार गराइएको थियो ।