गृहपृष्ठ सामाजिक सुरक्षा योजनामा पुनर्विचार गर्न उद्योग बाणिज्य महासंघको आग्रह
सामाजिक सुरक्षा योजनामा पुनर्विचार गर्न उद्योग बाणिज्य महासंघको आग्रह
सरकारले तामझामका साथ घोषणा गरेको सामाजिक सुरक्षा योजनामा नेपाल उद्योग बाणिज्य महासंघले प्रश्न उठाएको छ । महासंघले साना उद्योग मैत्री नभएको ठहर गरेपछि सामाजिक सुरक्षा योजना तुहिने खतरा बढेको छ । महासंघले सरकारलाई सामाजिक सुरक्षा योजनामाथि पूनर्विचार गर्न आग्ह गरेपछि यसको भविष्यबारेमा चासो बढेको छ ।
प्रधानमन्त्रीको फोटो पोलपोलमा झुण्ड्याएर सरकारले मंसिर ११ गते
योगदानमा आधारित सामाजिक सुरक्षा योजना घोषणा गरेको थियो । सरकारको योजना अनुसार कामदारको न्युनतम पारिश्रमिकबाट ११ प्रतिशत र रोजगारदाताबाट २० प्रतिशतसहित ३१ प्रतिशत रकम कोषमा जम्मा गर्ने योजना सरकारको थियो ।
महासंघले साधारणसभाबाट पारितै गरेर उद्योग प्रतिष्ठानहरुलाई पूँजीका आधारमा वर्गिकरण गरेर मात्र सामाजिक सुरक्षा ऐन लागू हुनुपर्ने माग गरेको छ । योजना लागू भएको चार महिनावितिसक्दा अधिकांश उद्योग प्रतिष्ठान यसमा समावेश नभएपछि उद्योग बाणिज्य महासंघले यसमा प्रश्न उठाएको हो ।
प्रकाशित समय : ०१:०१ बजे



















