गृहपृष्ठ ओपो एफ ११ प्रोका साथ सगरमाथा बेस क्याम्पको यात्रा (फाेटाे फिचर)
ओपो एफ ११ प्रोका साथ सगरमाथा बेस क्याम्पको यात्रा (फाेटाे फिचर)
सगरमाथाको उचाईसंग प्रेरित हुँदै ओपोले पहिलो पटक पर्वतारोही डा. निमा नाम्ग्याल शेर्पा र फोटोग्राफर आदम मेंगसँग सहकार्य गर्दै एभरेष्ट भेस क्याम्प ट्रेक गरी आफ्नो नयाँ क्यामेरा फोन एफ ११ प्रोमार्फत तस्विरहरु खिच्ने जमर्को गरेको छ ।
सगरमाथाको उचाईसंग प्रेरित हुँदै ओपोले पहिलो पटक पर्वतारोही डा. निमा नाम्ग्याल शेर्पा र फोटोग्राफर आदम मेंगसँग सहकार्य गर्दै एभरेष्ट भेस क्याम्प ट्रेक गरी आफ्नो नयाँ क्यामेरा फोन एफ ११ प्रोमार्फत तस्विरहरु खिच्ने जमर्को गरेको छ ।
मनमोहक हिमाल
जहाँ जमिन र आकाशको संगम हुन्छ, हावाको गति तिब्र र छायाँ साँघुरा हुन्छन् । एफ ११ प्रोले हिम श्रृंखलाको पवित्र सुन्दरता कैद गरेको छ । दिमागमा आउने कुनै शब्दले यी दृष्यको बर्णन गर्ने सामथ्र्य राख्दैन ।
कलात्मक क्यानवास
हिमालयको कञ्चन सन्दरताको अनुभव उसैले मात्र गर्न पाउँछ, जसले यसको उचाई नाप्ने सामथ्र्य राख्छ । तर, सबैका लागि ओपोले एफ ११ प्रो मार्फत ती दृष्यलाई सटिक रुपमा उतार्न सफल भएको छ, एक कलात्मक प्रतिपादनको नमुनाका रुपमा ।
हिमालयन ल्याण्डस्केप
सम्भवतः स्वर्ग यस्तै देखिन्छ । एफ ११ प्रोको वाइड एंगल शटले ल्याण्डस्केप निकै सुन्दर तरिकाले कैद गरेको छ, एक प्रखर कलाकारको पेन्टिङ जस्तै । याद गर्नु भएन होला, तस्विर उल्टो छ । तस्विरको सुन्दरताले तपाईको मस्तिस्कलाई त्यो कुरा मापन गर्ने समय दिएको छैन ।
रातमा बेस क्याम्पको चमक
कुनै अलोकिक स्थानको रातझैँ देखिने यो दृष्य एफ ११ प्रोमार्फत खिचिएको हो । फोनमा समाहित रंग मिलान र ह्वाइट ब्यालेन्स क्षमताले हिमाली भेगको सुन्दर दृष्य मनमोहक रुपमा कैद गर्न सफल भएको छ ।
यात्राका सहयात्री
याक, फलामे पुल र प्रार्थना झण्डाहरु विश्वको यस पाटोका अभिन्न अंग हुन् । बाटो तथा फलामे पुलमा भारी बोक्न याकको प्रयोग गरिन्छ । तस्विरले यात्राका लागि प्रेरित अवश्य गर्यो होला तर, यो यात्रामा निस्कन वास्तवमै दरिलो मुटुको आवश्यकता पर्छ । यात्रामा अनेकन पटक देखिने प्रार्थनाका झण्डाहरुले यात्रा अवधिभर यात्रुलाई प्रेरणा र शक्ति प्रदान गर्छन् ।
जंगली हावा
वेतोडले फरफराइ रहने झण्डाले स्थिर हिमालयको विपरित अर्कै कथा बताइरहेको हुन्छ । लाग्छ सोधिरहेछ, के तिमी यहाँको हुरी थेग्न तयार छौ ? एफ ११ प्रोका साथमा फोटोग्राफरले गति र स्थिरता एकै साथ तस्विरमा निकै मनमोहक तरिकाले खिचेर सफल प्रस्तुति दिएका छन् ।
क्याम्पको पहिलो झल्को
यात्राका दौरान जस्तो सुकै मै हुँ भनेता पनि, चिसो बतास र न्यून अक्सिजनले आरोहीमाथि प्रत्यक्ष प्रभाव पार्छ । तसर्थ सुत्न तथा तातो चियाको चुस्किका लागि यिनले विश्रामस्थलका रुपमा काम गर्छन् । धन्न यहाँ पनि एफ ११ प्रोले राम्रै काम दिइरहेको थियो ।
अमूल्य सुर्योदय
सबै चम्किने बस्तु सुन हुँदैनन्, सिधै स्वप्न चित्रबाट, हिमाल पारीको त्यो ‘एम्बर’– वास्तवमै एफ ११ प्रोको अल्ट्रा नाइट मोडबाट खिचिएको सबैभन्दा अमूल्य स्मृति हो ।
विश्वकै सर्वोच्च शिखरको चुचुरोमा पुग्ने कठिन र रोमाञ्चक यात्रामा निस्कँदा, बल्ल– वास्तवमै प्रकृति कति शक्तिशाली र सुन्दर छिन् भन्ने ज्ञान हुन्छ । अदृतिय क्षमता र फिचर्सद्वारा सुसज्जित एफ११ प्रो मार्फत फोटोग्राफी मोडका लागि सेटिङ मिलाइ रहने झञ्झट विना अमुल्य पललाई तस्विरका रुपमा सहजै कैद गर्न सघाउँछ । एफ११प्रोमा कैद यी तस्विरका माध्यमबाट सगरमाथा सदैव अविस्मर्णिय स्मृतिका रुपिमा मानसपटलमा रही रहनेछन् ।
प्रकाशित समय : ०१:४२ बजे



















