गृहपृष्ठ नयाँ वर्ष २०७६ सुरु, हर्षोल्लासका साथ मनाइँदै
नयाँ वर्ष २०७६ सुरु, हर्षोल्लासका साथ मनाइँदै
आजबाट नयाँ वर्ष २०७६ सुरु भएको छ । नयाँ वर्ष सुरु भएको अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपालीबीच एकापसमा शुभकामना आदानप्रदान गरी नयाँ वर्ष मनाइँदैछ । सरकारले नयाँ वर्षको उपलक्ष्यमा नेपालभरका सरकारी कार्यालय, सार्वजनिक संस्थान एवं शिक्षण संस्थालगायत सबै क्षेत्रमा सार्वजनिक बिदा दिएको छ ।
सूर्यले मीन राशिको भोग समाप्त गरी मेष राशिबाट भोग शुरु गर्ने दिन वैशाख सङ्क्रान्तिलाई वर्षको पहिलो दिनका रुपमा लिने गरिन्छ । हरेक व्यक्तिले गत वर्ष गरेका कामको सफलता–असफलता मूल्याङ्कन गरी असफलता दोहोरिन नदिने र सफलता पाउन आज नयाँ योजनाको सङ्कल्प गर्दछन् ।
नयाँ वर्षको पहिलो दिन बिहानै स्नान गर्ने, घरआँगन सफा गर्ने, देवीदेवताको दर्शन गर्न मन्दिर जाने, मीठोमीठो खाने, साथीभाइ तथा इष्टमित्रसँग भेटघाट गरी एकापसमा शुभकामना साटासाट गर्ने प्रचलन रहिआएको छ । यस दिन स्नान र दान गरेमा पुण्य कमाइने धार्मिक विश्वास रहेको छ ।
प्रकाशित समय : १२:३८ बजे




















