काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

नेपाल बैंकर्स संघको अध्यक्षमा ग्लोबल आइएमई बैंकका सीईओ रेग्मी निर्विरोध

1.64K
shares

काठमाडौं- नेपाल बैंकर्स संघको अध्यक्षमा ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत ‘सीईओ’ सुरेन्द्रराज रेग्मी चयन भएका छन् ।

शुक्रबार काठमाडौंस्थित होटल मर्क्युरमा सम्पन्न संघको ४०औँ वार्षिक साधारण सभाले रेग्मीलाई निर्विरोध अध्यक्ष चयन गरेको हो । यसअघि संघको उपाध्यक्ष रहेका रेग्मीले अब बैंकिङ क्षेत्रका प्रमुख कार्यकारी अधिकृतहरूको साझा संस्थाको नेतृत्व गर्नेछन् ।

संघको नेतृत्व हस्तान्तरणसम्बन्धी अभ्यासअनुसार उपाध्यक्षलाई अध्यक्ष बनाउने परम्पराले यसपटक पनि निरन्तरता पाएको हो । यससँगै कुमारी बैंकका प्रमुख कार्यकारी अधिकृत रामचन्द्र खनाल संघको उपाध्यक्ष चयन भएका छन् ।

नयाँ नेतृत्व चयनबारे गत बुधबार नै अनौपचारिक छलफलमा सहमति जुटेको थियो । सोही सहमतिअनुसार साधारण सभाबाट पदाधिकारी चयन प्रक्रिया निर्विरोध रूपमा टुंगिएको हो ।

संघको कार्यसमितिमा निवर्तमान अध्यक्षसहित १० जना रहने व्यवस्था छ । निवर्तमान अध्यक्षको जिम्मेवारी माछापुच्छ्रे बैंकका सीईओ सन्तोष कोइरालाले सम्हाल्नेछन् ।