दलितहरु आफैं सशक्त हुनुपर्छ : मुख्यमन्त्री राउत
वि.सं.२०७६ जेठ २१ मंगलवार २१:४६
shares

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले अधिकार प्राप्तिका लागि दलित आफैं सशक्त हुनुपर्ने बताएका छन् । छुवाछुतमुक्त राष्ट्र नेपाल घोषणा दिवसको अवसरमा दलितसम्बद्ध संघ–संस्थाहरुले आयोजना गरेको प्रदेश स्तरीय दलित अगुवा भेलालाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले दलितहरुलाई आफ्ना हक र अधिकारका लागि अगाडि बढ्न आग्रह गरेका छन् ।
प्रदेश सरकार दलितमैत्री रहेको दाबी गर्दै मुख्यमन्त्री राउतले दलित सशक्तीकरण ऐन, छात्रवृत्ति योजना, दलित छात्राबासको निर्माण जस्ता कार्यलाई प्राथमिकताका साथ अगाडि बढाएको बताए । ‘सदनमा छलफलका क्रममा रहेको दलित सशक्तीकरण विधेयक विश्वकै नमुना छ,’ उनले भने, ‘ऐन पारित भएमा प्रदेश २ का दलितको स्वास्थ्य र शिक्षाको ग्यारेन्टी प्रदेश सरकारले गर्नेछ ।’

























