‘दलितका लागि बजेट हात्ती आयो हात्ती आयो फुस्सा’
वि.सं.२०७६ जेठ २१ मंगलवार २१:३८
shares

सांसद सुजाता परियारले आगामी आर्थिक वर्षका लागि अर्थमन्त्री डा. युवराज खतिवडाले सदनमा प्रस्तुत गरेको बजेटले संघीयतालाई कमजोर बनाउने आरोप लगाएकी छन् । मंगलबार बजेटमाथिको छलफलमा भाग लिँदै उनले भनिन्, ‘सरकारले संघीयताको मर्म र अधिकारविपरीत गएर बजेट ल्याएको छ । मुलुक संघीयतामा गए पनि सरकारले स्थानीय तहलाई उचित अधिकार दिएन ।’
बजेटले दलित समुदायलाई झन् उपेक्षित गरेको उनको आरोप छ । ‘दुई घन्टाको बजेट भाषण गर्दा पनि ‘किन दलित शब्दलाई उपेक्षा गरेको ?’ भन्दै उनले अर्थमन्त्रीलाई प्रश्न गरिन् । दलित समुदायका युवालाई रोजगारी, शिक्षा, स्वास्थ्यलगायतको क्षेत्रमा कतै सम्बोधन नगरिएको गुनासो गर्दै उनले भनिन्, ‘दलितका लागि बजेट हात्ती आयो हात्ती आयो फुस्सामात्रै भयो ।’

























