सांग्रिला डेभलपमेन्ट बैंक सार्वजनिक बिदामा पनि खुल्ने
वि.सं.२०७६ जेठ २१ मंगलवार २१:२३
shares

सांग्रिला डेभलपमेन्ट बैंकले उपत्यकाबाहिर थप १३ वटा शाखा कार्यालयबाट सन्ध्याकालीन काउन्टर तथा होलिडे काउन्टर सञ्चालनमा ल्याएको छ । सोमबार काठमाडौंमा ४ र काठमाडौंबाहिर १७ वटा शाखाबाट सन्ध्याकालीन तथा होलिडे काउन्टर सुरु गरिएको हो ।
अब देशभरिका २१ शाखाबाट होलिडे तथा सन्ध्याकालीन बैंकिङ सेवा प्रदान गरिने बैंकले जनाएको छ । सार्वजनिक बिदाको समयमा पनि बैंकिङ सेवा प्रदान गर्न सुरु गरिएको बैंकको होलिडे काउन्टर सेवा बिहान १० बजेदेखि ३ बजेसम्म खुला रहनेछ ।

























