चिनियाँ विद्यार्थीलाई अमेरिका पढ्न जान रोक, स्टडी अलर्ट’ जारी
वि.सं.२०७६ जेठ २१ मंगलवार २१:५६
shares

चीन र अमेरिकाबी व्यापार युद्ध चर्किंदै जाँदा चीन सरकारले स्टडी अलर्ट जारी गरेको छ । चीनले आफ्नो देशका विद्यार्थीलाई अमेरिका गएर अध्ययन गर्नै रोक लगाएको छ ।
चीनको शिक्षा मन्त्रालयले विदेश अध्ययनसम्बन्धी ‘स्टडी अलर्ट’ जारी गर्दै दुई देशबीचको सम्बन्ध बिग्रँदै गएकाले सतर्क रहन आग्रह गरेको छ । सोमबार जारी गरिएको अलर्टमा विद्यार्थी तथा प्राज्ञलाई सोहीअनुसार आवश्यक तयारी गर्न भनिएको छ ।
चीनले अमेरिका अध्ययन गर्न जान चाहने चिनियाँ विद्यार्थीको भिसा रोक्ने काम सुरु गरिसकेको छ । भिसा अस्वीकार गर्ने क्रम बढेको बताइएको छ । यो अलर्टसम्बन्धी ह्यासट्याग अहिले चिनियाँ सामाजिक सञ्जालमा भाइरल भएको छ । सोमबार जारी स्टडी अलर्टलाई हालसम्म २ करोड १० लाखपटक हेरिएको छ ।

























