काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

‘ज्योतिषी’ अर्जुन क्षेत्री प्रहरीको नियन्त्रणमा

13.36K
shares

‘ज्योतिषी’ अर्जुन क्षेत्रीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । विभिन्न युट्युब च्यानलमा अन्तर्वार्ता दिँदै अफवाह फैलाएको आरोपमा क्षेत्रीलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले उनलाई काठमाडौंको गौशालाबाट नियन्त्रणमा लिएको हो । क्षेत्रीले युट्युब च्यानलमा अन्तर्वार्ताका क्रममा भूकम्प, बाढीपहिरोलगायतका प्राकृतिक विपत्ति आउने ‘भविष्यवाणी’ गर्दै जनता आतंकित बनाएकाले नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।