काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

दुई हेल्मेट तत्काल लागू हुँदैन : ट्राफिक महाशाखा

12.52K
shares

दुईपांग्रे सवारीसाधनको पछाडि बस्ने यात्रुले पनि हेल्मेट लगाउनु पर्ने व्यवस्था तत्काल लागु नहुने ट्राफिक प्रहरीले स्पष्ट पारेको छ । ट्राफिक महाशाखाले दुईपांग्रे सवारीसाधनको पछाडि बस्ने यात्रुले पनि हल्मेट लगाउनु पर्ने बताएको थियो ।

तर प्रहरीले ट्वीट गर्दै तत्काल सो व्यवस्था लागु नहुने जनाएको हो । ट्वीटरमा प्रहरीले लेखेकोे छ, ‘उच्च गुणस्तरको हेल्मेटको प्रयोग भएमा दुर्घटनाबाट हुने क्षति न्यून हुन सक्ने र यो नियम तत्काल कार्यान्वयन नहुने भई यातायात व्यवस्था विभाग, ट्राफिक प्रहरी र अन्य सरोकारवाला निकायबीचको समन्वय र सहकार्य पश्चात् कार्यान्वयन हुने व्यहोरा अनुरोध ।’

कार्यालयले हिजोमात्रै आगामी असारदेखि सो नियम लागु हुने जनाएको थियो ।