global ime bank Long Banner Ad

गृहपृष्ठ आस्था र क्रिसलाई ‘लिटल कोशी’को उपाधि

आस्था र क्रिसलाई ‘लिटल कोशी’को उपाधि

आस्था र क्रिसलाई ‘लिटल कोशी’को उपाधि

इनरुवाकी १२ वर्षीया आस्था राजभण्डारी र धनकुटाकी १४ वर्षीया क्रिस चेम्जोङले ‘मिस्टर एण्ड मिस लिटल कोशी २०१९’को उपाधि जितेका छन् । आस्था मिस र क्रिस मिस्टरतर्फको विजेता घोषित भएका हुन् ।

जय मिडिया म्यानेजमेन्ट प्रालिद्वारा आयोजित प्रतियोगिताअन्तर्गत इटहरीमा सोमबार सम्पन्न भएको मिस तर्फको फस्ट रनर अप विराटनगरकी ७ वर्षीया अग्रिम खतिवडा तथा सेकेण्ड रनर अप इनरुवाकी १३ वर्षीया सृष्टि श्रेष्ठ घोषित भइन् ।

प्रतियोगिताको ‘अर्गनाइजर च्वाइस’ इनरुवाकी १५ वर्षीया एलिना गुरुङ तथा सर्वोत्कृष्ट पनि इनरुवाकै स्मृति विश्वकर्मा घोषित भइन् । विजेताले जनही नगद ३० हजार रुपैयाँ साथै ट्रफी प्राप्त गरे ।

मिस्टर तर्फको फस्ट रनर अप इनरुवाका १३ वर्षीय आर्यन कर्ण र सेकेण्ड रनर अप इनरुवाकै १४ वर्षीय समय सुब्बा भए । स्कूले विद्यार्थीहरूको प्रतिभा उजागर गर्नुको साथै व्यक्तित्व विकास गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगिताको फाइनलसम्म विभिन्न चरण पार गर्दै २९ जना प्रतियोगी पुगेको जय मिडिया म्यानेजमेन्ट प्रालिका निर्देशक जयराज रायले जानकारी दिए ।

प्रतियोगिताको निर्णायकहरूमा अभिनेता सलोन बस्नेत, मिस कोशीकी विजेता रेखा कार्की, मिसेस कोशीकी विजेता रेनुका लिम्बु र व्यवसायी रोशन घिमिरे रहेका थिए ।

प्रकाशित समय : ००:५७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु