global ime bank Long Banner Ad

गृहपृष्ठ भारतीय बजारमा प्याजको मूल्य अत्यधिक वृद्धि

भारतीय बजारमा प्याजको मूल्य अत्यधिक वृद्धि

भारतीय बजारमा प्याजको मूल्य अत्यधिक वृद्धि

भारतमा प्याजको भाउ धमाधम वृद्धि हुँदै छ। महाराष्ट्रको विशाल भण्डारगृहमा प्याजको भाउ उकालो लागेको छ । सरकारले आपूर्ति बढाए पछि भाउ नबढ्ने बताएको थियो । सरकारी भनाइका विपरीत सोमबार नै भण्डार गृहमै १० प्रतिशत भाउ बढेको छ ।

अमरउजाका अनुसार प्याजको बढ्दो मूल्यले सर्वसाधारण चिन्तित छन् । भारतमा सोमबार प्याजको थोक कारोबार मूल्य ८९  रुपैयाँ प्रतिकिलो पुग्यो । यो चार वर्षयताको अधिकतम मूल्य हो ।

प्याज व्यापारीका अनुसार गत वर्ष उत्पादन घटेकाले यस्तो अवस्था आएको हो । बेमौसमी वर्षाका कारण प्याज उत्पादन प्रभावित भएको जनाइएको छ । यस वर्ष प्याजको भाउ १९२ रूपैयाँ प्रतिकिलोसम्म पुग्ने अनुमान गरिएको छ ।

प्रकाशित समय : १८:२१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु