काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

एसिया–प्रशान्त आर्थिक सहकार्यमा चीन वकालतकर्ता, प्रवद्र्धक र अग्रणी : सी

1.13K
shares

चिनियाँ राष्ट्रपति सी चिनफिङले एसिया–प्रशान्त आर्थिक सहकार्य (एपेक)मा चीन वकालतकर्ता, प्रवर्द्धक र अग्रणीको भूमिकामा रहेको बताएका छन ।

दक्षिण चीनको गुआङडोङ प्रान्तस्थित सेन्जेनमा बिहीबार आयोजित एपेकका ३३औँ आर्थिक नेताहरूको बैठकलाई सम्बोधन गर्दै उनले एसिया–प्रशान्त समुदायलाई थप सुदृढ बनाउन सबै पक्षसँग सहकार्य गर्न चीन तयार रहेको बताए ।

सीले क्षेत्रीय समुदायको विकासका लागि बलियो आर्थिक तथा व्यापारिक सम्बन्ध आवश्यक रहेको उल्लेख गर्दै व्यापार र लगानीलाई सहज बनाउने, डिजिटल प्रविधिको विकासलाई तीव्रता दिने तथा व्यापारिक अवरोध घटाउने प्रयास गर्न सबै पक्षलाई आग्रह गरे ।

उनले क्षेत्रीय सम्पर्क सञ्जाल विस्तार गर्न पूर्वाधार विकास, नीति तथा नियमबीच समन्वय र जनस्तरको आदानप्रदानलाई प्रोत्साहन गर्नुपर्नेमा जोड दिए। यसबाट सदस्य राष्ट्रका नागरिकबीच आपसी समझदारी र निकट सम्बन्ध विस्तार हुने उनको भनाइ थियो ।

नवप्रवर्तनलाई क्षेत्रीय विकासको महत्त्वपूर्ण आधारका रूपमा प्रस्तुत गर्दै सीले डिजिटल पूर्वाधार निर्माण तथा कृत्रिम बौद्धिकता (एआई)को व्यापक प्रयोगलाई प्रवर्द्धन गर्न थप प्रयास आवश्यक रहेको बताए ।