सुनचाँदीको मूल्य घट्यो
वि.सं.२०८३ मंसिर ३ बिहीवार ११:४३
shares

सारांश
- स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ ।
- सुन प्रतितोला तीन हजार ३०० र चाँदीको मूल्य प्रतितोला ४५ ले घटेको छ ।
काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । आज सुन प्रतितोला तीन हजार ३०० र चाँदीको मूल्य प्रतितोला ४५ ले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज विहीबार छापावाल सुन प्रतितोला दुई लाख ५७ हजार ६०० र चाँदीको मूल्य तीन हजार ३३५ कायम छ ।
बुधबार छापावाल सुन प्रतितोला दुई लाख ६० हजार ९०० र चाँदीको मूल्य तीन हजार ३८० कायम थियो ।

























